२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म राजनीति गर्न, फोटो झुण्ड्याउनका लागि यहाँ आएको होइन : वरिष्ठ उपाध्यक्ष गोल्छा



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताउनुभएको छ । 

महासंघका उपाध्यक्ष चन्द्र ढकाल सहितकाे प्यानलले उम्मेदवारी घाेषणा गरेलगत्तै गाेल्छाकाे समर्थनमा किशाेर प्रधान समूहले उम्मेदवारी घाेषणा गरेकाे छ । महासंघकाे विगतकाे नीति विपरीत महासंघकाे भावी अध्यक्ष गाेल्छा एउटा समूहका हरेक कार्यक्रममा मात्र सहभागी भएपछि महासंघभित्र गाेल्छाले राजनीतिक गर्न थालेकाे प्रष्ट भएकाे छ । 

महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताउनुभएको हो ।

गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्व अध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफुले काम गर्ने प्रस्ट पार्नुभयो ।