११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी नदीले बगाएर कास्कीका भुजेल बेपत्ता



अ+ अ-

पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान चौतारीका ५६ वर्षीय बमबहादुर भुजेल बेपत्ता भएका हुन् । आफन्तको चौरासी पूजाको फूलपाती कालीगण्डकीमा बगाउन गएका उनलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नदीले बगाएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजीकार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

बेपत्ता भुजेलसँगै आएका अर्का युवा भने सकुसल रहनुभएको छ । उहाँले दिएको जानकारीका आधारमा प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ ।रासस