१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैनः वामदेव गौतम

देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैनः वामदेव गौतम
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरुले केही पनि गर्न नसकेको बताउनु भयो ।

उहाँले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्नेगरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताउनु भयो । उहाँले नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरु नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गर्नुभयो । उहाँले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताउनु भयो ।

उहाँले दलहरुले समयमै सचेत भएर जन गुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनु भयो । देश ठुलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मैले ज्यादै नराम्रो नेपाली जनाताका निम्ति नेपाल राष्ट्रका निम्ति सबैको घटना दुर्घटनाको छेउछेउमा हामी छौँ भन्ने हामीलाई लाग्या छ ।

कति समयसमम्म यसरी हामी छलफल गर्छौं, त्यो थाहा छैन । तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को चिज हुन्छ, यो सिद्धान्त हो । कसैले रोक्न सक्दैन । कसैले रोकेर रोकिएर भएपनि त्यस्तो अवस्था आयो भने त्यो दुर्घटनामा जान्छ र ज्यादै ठूलो नोक्शानी जनताले व्यहोर्नुपर्छ, राष्ट्रले व्यहोर्नुपर्छ । नेपालको संविधानमा नेपाल राज्यलाई चिनाउनका निम्ति समाजवाद उन्मुद राज्य निर्माण गर्ने भन्या छ, र त्यो समाजवाद उन्मुख सबै नेताहरुको मुखमुखमा झुन्डिएको छ तर समाजवाद बन्न सकेन ।

गाउँमा जानुस्, बाटामा जानुस्, चिया पसलमा जानुस् चर्चा के भइरहेको छ इमान्दारीका साथ भन्नुस् हाम्रो विरुद्ध चर्चा छ, यो व्यवस्थाको विरुद्ध चर्चा छ । त्यसले गति लिइरहेको छ । त्यो गति एकदिन विष्फोट हुन्छ हामी सबै समाप्त हुन्छौँ । त्यसो भएर मौका छ केही सयम । यो व्यवस्था ल्याउने नेपाली काँग्रेस र कम्युनिष्ट नै हुन् एकतावद्ध भएर समाजवाद घोषणा गर जुन समाजवाद परिकल्पना गरिएको थियो संविधानमा उल्लेख गरिएको समाजवाद । ढिला नगरी हामीले त्यो काम शुरु गर्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनैपनि नेताहरुले त्यसबारेमा अध्ययन नगरेको गुनासो गर्नुभयो ।