५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव छैनः सांसद ढुंगाना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न पनि आग्रह गर्नुभयो । निर्वाचन प्रणाली नभइ आफ्नो सोचनमा परिवर्तन गर्न आग्रह गर्नुभयो ।

उहाँले बाँडफाँडको आधारमा नभइ शक्तिको आधारमा सरकारका निकायहरुमा व्यक्तिहरुको भर्ना हुने गरेको बताउनु भयो । उहाँले संसदीय व्यवस्था स्वीकार गर्नुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन संसदीय व्यवस्था स्वीकारेर हामी आएका छौँ । म स्पष्ट गर्न चाहन्छु । संसारमा हिटलर कहाँबाट आयो । हिटलर पनि निर्वाचित भएर आएको होइन र ? हामीले भोलि राष्ट्रपतिको निर्वाचनको कुरा हामी गर्छौं, राष्ट्रपतिको निर्वाचन भयो भने त्यो हिटलर बन्न सक्दैन । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोचेका छौँ भने त्यो सम्भव छैन । हाम्रो नियतमा परिवर्तन हुनुपर्छ ।’

सांसद ढुंगानाले आफूले गरेको सबै ठिक र अरुले गरेको सबै काम बेठिक भन्ने सोच राख्न नहुने बताउनु भयो ।