४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती



अ+ अ-

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।

मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त भएका श्रमिकलाई परिचालन गरेर आलुखेती हो ।

व्यावसायिक आलुखेतीका लागि बीउ र मल खरिद गर्न पालिकाले रु ९५ हजार लगानी गरेको छभने प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले उक्त खेती गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भइरहेको गुनासो आइरहेका बेला पालिकाले कृषिजन्य उत्पादनमूलक क्षेत्रमा परिचालन गरेको क्षेत्रीले बताउनुभयो ।

मोदी गाउँपालिकाको वडा नं १, ३ र ४ आलु उत्पादनका लागि ‘पकेट’ क्षेत्र मानिन्छन् । लामो समयसम्म बाँझो रहेको जमिन उपयोग गरेबापत पहिलो वर्ष निःशुल्क जग्गा प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि जग्गा भाडामै लिएर आलुखेती गर्ने योजना पालिकाको रहेको गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले बताउनुभयो । उहाँले ५० क्विन्टलभन्दा बढी उत्पादन हुने अनुमान सुनाउनुभयो ।

पालिकाले हरेक वर्ष १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्दै आएको छ । उनीहरूलाई सडक मर्मत, गोरेटो तथा पदमार्ग निर्माण, सार्वजनिकस्थल, चौतारी, पोखरी, मठमन्दिर मर्मत तथा निर्माणलगायत काममा परिचालन गर्ने गरिएको छ । रासस