२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्ट, वैद्य र सिंहको राजिनामा



अ+ अ-

काठमाडौं । तेक्वान्दोका दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले बुधबार राजिनामा दिएका छन् ।

दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजिनामा दिएको विष्टले जनाएका छन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् ।

राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजिनामा दिएका हुन् । तीनैले सम्बन्धित संघमा राजिनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन् । हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनैपनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजिनामा दिइ रहेका छन् ।