१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

सिद्धान्त र प्राथमिकताबारे माओवादीः हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर

सिद्धान्त र प्राथमिकताबारे माओवादीः हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विनियाजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले यस्तो टिप्पणी गर्नुभएको हो ।

सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथकिताबीच तालमेल नभएको बताउनु भयो । उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा बनेपातिर हिँड्ने लक्ष्य राखेको तर थानकोटतिर पाइला चालिरहेको भान भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरुले विगतमा भएका कमजोरीको आत्मआलोचना र प्रतिबद्धतासहित प्रश्तुत हुन खोजेको उल्लेख गर्दै सरकारले पनि सोही आधारमा अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले सहकारीसहितको मिश्रित अर्थतन्त्रलाई नेपालको आर्थिक सिद्धान्तको रूपमा स्पष्ट रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेटका सिद्धान्त र प्राथमिकता विरोधाभास र अलमलमा परेको जस्तो छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले हिँड्न चाहीँ बनेपातिर लक्ष्य राखेको तर पाइला चाहीँ थानकोटतिर बढाइरहेको जस्तो अनुभुति हुने थुप्रै विषयवस्तुहरु छन् । म आशा गर्छु यहाँ हुने छलफल छलफलका लागि मात्र हुने छैन । म आशा गर्छु यसपटक पनि अर्थमन्त्रीज्यूले उत्तरलाई प्रश्न बनाइदिनुहुने छैन । विगतमा भएका त्रुटीहरुलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । हामी प्रतिपक्षि दल भएको कारण केही आत्म आलोचना र केही प्रतिवद्धतासहित प्रश्तुत भइरहेका छौँ । सरकार त्यही आधारमा अघि बढोस् म शुभकामना पनि व्यक्त गर्न चाहन्छु । व्यवस्था र अवस्थाबीचको विरोधाभास बेला बेला भइरहेको छ । अब सहकारीसहितको मिश्रित अर्थतन्त्र, अर्थव्यवस्था हाम्रो आर्थिक सिद्धान्त हो र हाम्रो बजेटको सिद्धान्त हो भन्ने कुरामा कहीँ कतै अल्मलिनुपर्ने आवश्यकता छैन ।’

आर्थिक नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको सांसद बस्नेतको भनाइ छ ।