३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको छ ।

मंगलवार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको हो ।

नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै बिरोध जनाइएको हो । विरुद्ध ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दुतावासमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पती फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।