२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ



अ+ अ-

लहान । कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उहाँका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।
 
नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए । सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए । पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ ।