काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरकलह समाधान उन्मुख हुँदै गएको छ । पटक पटक स्थायी समितिको बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर सम्बाद पनि दुई शीर्ष नेताहरु सहमतिको नजिक पुगेका हुन् ।
दुई नेताबीच भएको छलफलको विषयलाई अर्का वरिष्ट नेता माधव कुमार नेपाललाई जानकारी गराउँदै आए पनि आज भने तीन नेताबीच छलफल गरेर समाधान खोजिने भएको छ । यसका लागि आज दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष दाहाल, नेता नेपाल बीच बालुवाटारमा छलफल हुँदैछ ।
आज एक तहको सहमति भए भोलिसम्मका लागि रोकिएको स्थायी समितिको बैठक पुनः सुचारु हुनेछ भने छलफल निरन्तर रहे बैठक पुनः रोकिने एक नेताले जानकारी दिए । अधिकार, कार्यक्षेत्र र पदीय भागबण्डामा बिमति रहेका नेताहरु फेरि एक पटक लिखित रुपमा नै निर्णयमा पुग्न लागेको पनि ती नेताले जानकारी दिए ।
शीर्ष तहको सम्वाद पछि नै सडकमा निस्किएका दुबैतिरमा कार्यकर्ता फर्किएको र नेता तथा कार्यकर्ता बीचको आरोप प्रत्यारोपको श्रृंखला थामिएको थियो ।
बरिष्ठ नेता नेपालले दुई अध्यक्षबीच मात्र हुने सहमति मान्य नहुने अभिव्यक्ति दिँदै आउनु भएको छ भने अर्का नेता झलनाथ खनालले पनि सबै बिषय स्थायी समितिको बैठकबाट नै टुङ्गो लगाउनु पर्ने अडान राख्दै आउनु भएपनि नेतालाई भने छलफलमा सहभागी गराइएको छैन ।