२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे तीन महिनापछि राजधानीको सडकमा गुड्यो साझा (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । साझा यातायातले आज देखि काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गरेको छ । 

नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई उपत्यकाका सबै रुटमा बस सेवा सञ्चालन गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताउनुभयो । पाण्डेले साझा यातायात सञ्चालन हुँदै आएका रुटमा २६ वटा बस बिहान साढे ७ बजेदेखि साँझा ७ बजे सम्म सञ्चालन हुने बताउनुभयो । साझाका बसहरु बेलुका ग्यारेजमा आएपछि पूर्ण रुपमा सफा गरिने र बिहान सडकमा निकाल्नु अघि निर्मलिकरण गरिने उहाँले बताउनुभयो । बस चालक र सहचालकले अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग गरी सुरक्षा सावधानी अपनाउने पाण्डेले बताउनुभयो ।

साझा बसमा यात्रुले अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने छ । यस्तै बस भाडाका लागि खुद्रा पैसाको व्यवस्था पनि यात्रु आफैले गर्नुपर्ने पाण्डेले बताउनुभयो । साझा यातायातले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा उठाउनेगरी बस सेवा सुचारु गरेको हो । साझा यातायातले लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, बुढानिलकण्ठ, सुर्यविनायक लगायतका रुटमा बस सञ्चालन गरेको छ ।