९ असार २०८२, सोमबार
,
Latest
भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा समिति गठन अमला रोका रिहालगत्तै पक्राउ विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त बजेटको सफल कार्यान्वयनमा सहकार्यको अपेक्षाः महिला मन्त्री सुडी घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले योजनाबद्ध प्रयास गरेको छः मन्त्री चौधरी अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’ सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवद्र्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गर्नुभएको छ ।

सोमवार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले नेपालको निजी क्षेत्र पर्यटनमा चमत्कारिक रुपमा विकास गर्न सक्षम भएको जिकिर गर्नुभयो । उहाँले नेपालमा भएका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधि जोडेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा पर्यटकीय पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको खर्च तथा बसाइ अवधि छोटिएको बताउनु भयो । विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेको उहाँको भनाइ छ । उहाँले पर्यटकले गर्ने खर्च र बसाइ अवधि लम्ब्याउन ठूला पूर्वाधार निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल सरकारले निजी क्षेत्रसँग सहजीकरण र साझेदारीको नीति लिन सके पर्यटकीय क्षेत्रबाट छिट्टै आर्थिक विकास गर्न सक्ने बताउनु भयो ।

अध्यक्ष ढकालले पर्यटकीय पूर्वाधारमा सरकारले उचित नीतिको वातावरण बनाए निजी क्षेत्रले पर्यटन क्षेत्रमा ठूलो लगानी गरी आर्थिक वृद्धिमा सरकारलाई सहयोग गर्ने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्ने बताउनुभयो । सरकारले लगानी गर्न लगानीकर्तालाई आह्वान गर्ने गरेको तर उपयुक्त वातावरण निर्माण गर्न नसकेको उहाँको भनाइ छ । उहाँले सरकारले निजी क्षेत्रलाई साझेदारीको रुपमा स्वीकार गरेर व्यावहारिक नीतिमार्फत सहजीकरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठुलो लगानी गर्नसक्छ र विकास रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउने सक्छ । निजी क्षेत्रको आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर यसमा हामीकहाँ भने लगानीकर्तालाई आह्वान गर्नेमात्र काम भएको छ भन्ने मलाइ लाग्छ । अब मौखिक रुपमा गरिने यस प्रकारका आह्वानहरुले पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यावहारिक नीतिमार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउनु जरुरी छ । लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलियतपूर्ण व्यवस्थाले मात्रै स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।’

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिकास्थित मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ । सातै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको आइएमई ग्रुपले हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।