५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राज्यको राजधानी रायपुर नजिकै शनिबार राति ११ बजे दुर्घटना भएको हो ।

आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कंदै गर्दा उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

राज्यका पूर्व मुख्यमन्त्री भूपेश बघेलले हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गर्नुभयो ।