३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै



अ+ अ-

एजेन्सी । पहलगाम आक्रमणपछि युद्धकै अवस्थामा पुगेका भारत र पाकिस्तानबीच सोमवार वार्ता हुँदैछ ।

सोमवार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको थियो । तर समय केही परिवर्तन गरी आज साँझ वार्ता हुने भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्नेछन् ।

यसअघि शनिवार भएको कुराकानीमा पाकिस्तानी सेन्य महानिर्देशकले शत्रुता बन्द गर्ने प्रश्ताव अघि सारेका थिए । यसपछि दुवै देशले शनिवार साँझदेखि सीमापार गोलीबारी तथा ड्रोन घुसपैठ नगर्ने सहमति गरेका थिए । तर उक्त सहमति गरेको केही घण्टामै पाकिस्तानले नियन्त्रण रेखा (एलओसी)मा गोलीबारी तथा हवाई घुसपैठ गरेको भारतको आरोप छ ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घईले आईतवार संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, ‘पाकिस्तानी उल्लङ्घनको कडा जवाफ दिइएको छ । यदि यस्ता गतिविधि दोहोरिए भने अझ कडा कारबाही हुनेछ ।’

सम्झौता उल्लङ्घनबारे पाकिस्तानी सेनालाई हटलाइन सन्देशमार्फत जानकारी गराइएको उनको भनाइ छ । भारतले हालै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप मे ७ देखि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो ।

उक्त अपरेशन अन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका ९ वटा आतंकवादी केन्द्रहरूमा प्रहार गरिएको थियो । आक्रमणमा परि २६ जनाको मृत्यु भएको थियो ।