६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ३९ प्रतिशत मानिस एक्लोपन महसुस गर्छन्: अध्ययन



जापानमा वृद्धावस्थाको जनसंख्या वृद्धि । तस्वीरः रोयटर्स
अ+ अ-

टोकियो: जापान सरकारले हालै सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार देशका करिब ३९ प्रतिशत मानिसले कहिलेकाहीँ एक्लोपन महसुस गर्ने गरेको बताएको छ। गत वर्ष अप्रिलदेखि लागू भएको एक्लोपन र समाजबाट अलगाव रोक्नेसम्बन्धी कानुनको प्रभाव उल्लेखनीय रूपमा देखिन अझ बाँकी रहेको जनाइएको छ।

सन् २०२४ को सर्वेक्षणअनुसार, प्राय: वा सधैँ, कहिलेकाहीँ वा बीचमा कहिलेकाहीँ गरी एक्लोपन महसुस गर्ने व्यक्तिहरूको संख्या कुल ३९.३ प्रतिशत रहेको छ, जुन सन् २०२३ को तथ्याङ्कसँग समान छ। सन् २०२१ देखि सुरु गरिएको अध्ययनमा यो दर प्राय: स्थिर रहेको देखिन्छ।

यो वर्षको सर्वेक्षणले पहिलोपटक स्मार्टफोन प्रयोग र एक्लोपनको सम्बन्धसमेत विश्लेषण गरेको छ। दैनिक आठ घण्टाभन्दा बढी स्मार्टफोन प्रयोग गर्नेहरूमध्ये १३.३ प्रतिशतले प्राय: वा सधैँ आफूलाई एक्लो महसुस गर्ने बताएका छन्।

सातदेखि आठ घण्टा प्रयोग गर्नेमा यो दर ९.५ प्रतिशत रहेको छ, जुन कम घण्टा प्रयोग गर्नेहरूमध्येभन्दा उच्च देखिएको छ। एएनआई