२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो?



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्याङ मात्रै हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टिकरण माग गर्दै सांसद सुवालले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले मुलुकको सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब र १५ खर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले जनताको निराशा हटाउने र तिब्र आर्थिक वृद्धि यही हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले पतञ्जली, गिरिबन्धु चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरुलाई कारबाही नगरिएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब, व्यापार घाटा १५ खर्ब, राजश्व तलव नपुग्ने अवस्था नै जनताको निराशा हटाउने र तिब्र आर्थिक वृद्धि हो र ? समृद्ध नेपाल र सुखि नेपालीको लक्ष्य तीन दशकपछि बुढ्यौली समाज बनाउने, २५ प्रतिशत नागरिक अहिले पनि कुपोषणको कारण पुड्कोपन हुने यही हो र ? पतञ्जली, गिरिबन्धु चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरुलाई के कारबाही हुँदैछ?’

सांसद सुवालले सहकारी संस्थाको चार खर्ब वचत गठी गर्नेलाई कहिले कारबाही हुन्छ ?भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभयो ।