६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रममाथि प्रभु शाहको टिप्पणीः डाइबिटिजका बिरामीलाई मिठाई खुवाए जस्तो



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भ्रष्टाचारी र लुटतन्त्रलाई समर्थन गर्नेगरी आएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो टिप्पणी गर्नुभएको हो ।

सांसद शाहले उक्त नीति र कार्यक्रम हेर्दा डाइबिटिजका बिरामीलाई मिठाई खुवाएको जस्तो अनुभव भएको टिप्पणी गर्नुभयो । उहाँले विदेशमा नेपाली नागरिकले कमाएको पैसा भ्रष्टाचारीहरूको फाइदामा प्रयोग भइरहेको समेत आरोप लगाउनु भयो । उहाँले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा थुपारको सम्पती फिर्ता गर्नेगरी नीति तथा कार्यक्रम आउनुपर्नेमा ठिक उल्टो आएको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रश्तुत नीति तथा कार्यक्रमको बारेमा एक शब्दमा भन्नुपर्दा डाइबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै मैले अनुभुत गरेको छु । राज्यको उच्च ओहोदामा बस्नेहरुले खुलआम लुट्ने र भ्रष्टाचारको पैसा विदेशमा थुपार्ने यो अहिलेको मुल प्रवृत्ति भएको छ । लुट र भ्रष्टाचारको पैसाहरु रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धतासहित नीति तथा कार्यक्रम आउनुपथ्र्यो । तर दुर्भाग्य उल्टो आयो । खुलेआम आरमसँग लग्नुस् भन्ने नीति तथा कार्यक्रम देखिन्छ । विदेशमा नेपाली नागरिकले कमाएको पैसा परिवारको लागि हो कि भ्रष्टाचारीको लागि हो? वैधानिक तरिकाबाट पैसा पठाउँदा घट्ने र कालोधनसँग साट्दा बढेर गाउँमा आउने के सरकारलाई थाहा छैन ?’

उहाँले वैदेशिक रोजगारमा रहेका युवाहरुले आर्जन गरेको सम्पती समेत सदुपयोग हुने अवस्था निम्तिने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै विरोध जनाउनु भयो ।