९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले ३ घण्टामै युद्धविराम तोड्यो, श्रीनगरसहित धेरै शहरहरूमा ड्रोन आक्रमण



अ+ अ-

एजेन्सी । युद्धविरामको ३ घण्टा नबित्दै पाकिस्तानले युद्धविराम तोडेको छ । शनिबार साँझ ५ बजेदेखि लागू भएको युद्धविरामको ३ घण्टापछि पाकिस्तानले उक्त सम्झौता तोडेको हो ।

जम्मू कश्मीर, गुजरात, राजस्थान र पञ्जाबमा ड्रोन आक्रमणहरू गरिएका थिए, जसलाई भारतीय सेनाले विफल पारेको थियो । यो जानकारी विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलनमा दिएका हुन् ।

उनले भने ‘पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्ने प्रयास गर्यो । हामीले भारतीय सेनालाई पूर्ण स्वतन्त्रता दिएका छौं ।’

जम्मू कश्मीरको राजौरी, अखनूर, पुंछ, नौशेरा, श्रीनगर, उधमपुर, आरएस पुरा र साम्बामा गोलाबारी र ड्रोन आक्रमणहरू भए । गोलीबारीपछि जम्मू कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गरिएको थियो ।

ट्रम्पले युद्धविरामको बारेमा जानकारी दिएका थिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो साँझ ५ः४५ बजे युद्धविरामको बारेमा जानकारी दिएका थिए । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै भनेका छन्–
‘रातभर लामो वार्ता र अमेरिकाको मध्यस्थता पछि, मलाई यो रिपोर्ट गर्न पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराममा सहमत भएका छन् । म दुवै देशलाई समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।’