६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले ३ घण्टामै युद्धविराम तोड्यो, श्रीनगरसहित धेरै शहरहरूमा ड्रोन आक्रमण



अ+ अ-

एजेन्सी । युद्धविरामको ३ घण्टा नबित्दै पाकिस्तानले युद्धविराम तोडेको छ । शनिबार साँझ ५ बजेदेखि लागू भएको युद्धविरामको ३ घण्टापछि पाकिस्तानले उक्त सम्झौता तोडेको हो ।

जम्मू कश्मीर, गुजरात, राजस्थान र पञ्जाबमा ड्रोन आक्रमणहरू गरिएका थिए, जसलाई भारतीय सेनाले विफल पारेको थियो । यो जानकारी विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलनमा दिएका हुन् ।

उनले भने ‘पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्ने प्रयास गर्यो । हामीले भारतीय सेनालाई पूर्ण स्वतन्त्रता दिएका छौं ।’

जम्मू कश्मीरको राजौरी, अखनूर, पुंछ, नौशेरा, श्रीनगर, उधमपुर, आरएस पुरा र साम्बामा गोलाबारी र ड्रोन आक्रमणहरू भए । गोलीबारीपछि जम्मू कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गरिएको थियो ।

ट्रम्पले युद्धविरामको बारेमा जानकारी दिएका थिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो साँझ ५ः४५ बजे युद्धविरामको बारेमा जानकारी दिएका थिए । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै भनेका छन्–
‘रातभर लामो वार्ता र अमेरिकाको मध्यस्थता पछि, मलाई यो रिपोर्ट गर्न पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराममा सहमत भएका छन् । म दुवै देशलाई समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।’