२२ असार २०८३, सोमबार
,
Latest
टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोनाल्ड ट्रम्पको दाबीः भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि सहमत



President Donald Trump speaks before Steve Witkoff is sworn as special envoy during a ceremony in the Oval Office of the White House, Tuesday, May 6, 2025, in Washington, as Vice President JD Vance watches. (AP Photo/Mark Schiefelbein)
अ+ अ-

काठमाडौँ । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् ।

डोनाल्ड ट्रम्पले भने, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविरामको लागि सहमत भएका छन् । म दुवै देशलाई ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।’

अर्कोतर्फ, भारतीय केन्द्र सरकारले भविष्यमा भारतमा कुनै आतंकवादी आक्रमण भएमा त्यसलाई युद्धको कार्य मानिने बताएको छ । आक्रमणको जवाफ पनि त्यसैगरी दिइने उसको भनाई छ । समाचार एजेन्सी एएनआईले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै यो समाचार दिएको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार राति पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र भारतीय विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेका छन् । उनले दक्षिण एसियामा शान्ति स्थापना गर्न दुवै देशलाई तनाव कम गर्न र मिलेर काम गर्न अपील गरे ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने कि मार्को रुबियोले पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेहरूका लागि फोन कलको क्रममा जयशंकरप्रति समवेदना व्यक्त गरे । उनले आतंकवाद विरुद्ध अमेरिका भारतको साथमा रहेको बताए । यद्यपि, उनले भारतलाई आक्रमणको लागि पाकिस्तानलाई दोष लगाउने र बदलाको माग गर्ने कुरामा सतर्क रहन सल्लाह दिए ।

यसैबीच, ट्यामी ब्रुसले प्रधानमन्त्री शरीफसँगको फोन वार्तामा रुबियोले पाकिस्तानलाई अप्रिल २२ मा कश्मीरमा भएको आक्रमणको निन्दा गर्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको बताए । अमेरिकी विदेशमन्त्रीले पाकिस्तानी अधिकारीहरूलाई यस आक्रमणको अनुसन्धानमा पूर्ण सहयोग गर्न अनुरोध गरेका थिए ।

 

 




भर्खरै