२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोर भनेर टोलवासीले पिट्दा काठमाडौंमा एकजनाको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका–५ गोलढुङ्गामा गएराती स्थानीय बासिन्दाको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

स्थानीय बासिन्दाको कुटाइबाट रसुवा घर भई हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङको मृत्यु भएको छ भने रसुवाकै दोर्जे तामाङ सामान्य घाइते भएका छन् । घाइते तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप सोधपुछ गरिरहेको छ । अधिक रक्तश्रावको कारण छिरिङ तामाङको मृत्यु भएको प्रहरीले आशंका गरेको छ।

प्रहरीका अनुसार, उनीहरु रक्सी खाएर चोरी गर्न गाउँ छिरेको भन्दै स्थानिय बासिन्दाले कुटपिट गरेका थिए।  उनीहरु चोरी गर्ने नियतले वा अन्य केही कारण गोलढुङ्गा पुगेका थिए भन्ने बारेमा प्रहरीले छानबिन शुरु गरेको छ।

बिहीबार राती भएको त्यस घटनाबारे शुक्रबार बिहान मात्र प्रहरीलाई स्थानीयले खबर गरेको महानगरीय प्रहरी वृत्त बालाजुले दाबी गरेको छ।  वृत्तका प्रमुख डीएसपी रन्जित सिंह राठौरले घटनाको बारेमा जानकारी पाए लगत्तै बालाजु वृत्तको प्रहरी घटनास्थल पुगेको जानकारी दिए ।