३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर, ५४ अर्ब बराबरको आर्थिक सहयोग

सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर, ५४ अर्ब  बराबरको आर्थिक सहयोग
अ+ अ-

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर (करिब ५४ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले उक्त आयोजनाको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । विश्व बैंकले कोभिड १९ पछि नेपालमा आर्थिक गतिविधिलाई बढवा दिन सडक सहयोग आयोजना अन्तर्गत उक्त रकम सहयोग गरेको हो । आयोजनाले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नका लागि र रणनैतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि उक्त रकम खर्च गर्नेछ । हस्ताक्षर समारोहमा अर्थमन्त्री खतिवडाले आयोजनाले सीमापार बजार लगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढवा दिदैं कोभिड १९ पछिको आर्थिक पुनरुत्थानलाई सघाउने बताउनुभयो । उहाँले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्षहरुलाई प्राप्त गर्न आयोजना सहयोगी हुने बताउनुभयो ।

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले कोभिड १९ संकटका बाबजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाई आयोजनाले सघाउने बताउनुभयो । उहाँले रणनैतिक सडक सञ्जालको सुरक्षा तथा उत्पादनशील सुनिश्चितता तथा क्षेत्रीय व्यापार र सम्र्पक सञ्जालको सहजीकरण गर्न तथा रोजगारका अवसरहरुको सिर्जना गर्न आयोजनाले सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले आयोजनाले मुख्य यातायात मार्ग र सीमापार विन्दुहरुमार्फत सामान ढुवानी गर्ने समय र लागत घटाउन सहयोग पु¥याउने बताउनुभयो । आयोजनामा ठूलो रकम परिचालन हुने भएकाले कोभिड १९ पछिको अवस्थामा आर्थिक वृद्धिलाई बढाउन सहयोग पुग्ने ढुंगानाले बताउनुभयो । आयोजनाले राष्ट्रिय सडक सुरक्षा परिषद् तथा सडक विभागको संस्थागत सुदृढीकरण लगायत रणनैतिक सडक सञ्जाल भित्रका उच्च चाप रहेका अन्य सडकहरुको आवधिक मर्मत गर्नमा समेत सहयोग गर्ने छ । आपतकालिन अवस्थाको सम्बोधन र पुनरुत्थानलाई सघाउन आयोजनाको रकम आवश्यकता अनुसार पुनविनियोजन गर्न सक्ने गरी आयोजनामा आपतकालिन सहयोग कार्यक्रम समेत समावेश गरिएको छ ।