२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार सचिवालय बैठक बोलाएको छ।  

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय ३ बजे बैठक बस्ने सहमति भएको हो। 

दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन।

विवादकै कारण असार १८ गतेदेखि स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन।

सहमतिका लागि भन्दै पटकरपटक बैठक स्थगित हुँदै आएको छ।