१ पुष २०८२, मंगलवार
,
Latest
पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा



अ+ अ-

काठमाडौँ । नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ ।

राजनीति पार्टीहरूले खेल संघहरुलाई स्वार्थका लागि प्रयोग गरिरहँदा नेपालको खेलकुद क्षेत्रमा विवाद झनै बढ्दै गइरहेको अवस्था छ । त्यस किसिमको विवाद र सदैव द्वन्द्व सिर्जना हुने खेल संघ हो । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) । स्थापनाको सात दशक पार गरिसकेको एन्फामा सदैव आन्तरिक कलहमा परिरहँदा नेपालको फुटबल त्यति राम्रो विकास हुन सकिरहेको छैन ।

नेतृत्वमा पुग्न विभिन्न गुट उपगुटका बनाउँदै सधैँ कलहमा एन्फा पर्दै आएको छ । एन्फाभित्र विवाद भइरहँदा त्यसको केन्द्रमा रहने व्यक्ति हुन्, गणेश थापा । अर्थात पूर्वराष्ट्रिय खेलाडी एवं एन्फामा २१ वर्षे अध्यक्षको नेतृत्व गरेका व्यक्ति ।

उनी विश्व फुटबलको सबैभन्दा उच्च अहोदा पुग्ने नेपाली पनि हुन् । थापा एएफसीका पूर्वअध्यक्ष पनि हुन् । तर २०७१ सालदेखि भने उनी नेपाली फुटबलमा सक्रिय थिएनन् । त्यसको एक मात्र कारण हो । भ्रष्टाचारको आरोप उनीमाथि फिफाले १० वर्षको प्रतिवन्ध लगाएको थियो । तर त्यो प्रतिवन्ध केही समयअगाडि मात्र थापाले पूरा गरेका छन् । त्यसयता उनी फेरि नेपाली फुटबलमा सक्रिय हुन थालेका छन् । तर प्रतिवन्धका समयमा पनि उनी भित्रभित्रै नेपाली फुटबलको राजनीतिमा प्रभाव राख्दै आएका पात्र भने थिए । अझ भनौं एन्फाको नेतृत्वमा जाने चाहने व्यक्तिले पनि उनकै सहाराले लिने गरेका थिए । तीमध्ये एक हुन्, एन्फाका वर्तमान पंकजविक्रम नेम्बाङ ।

कर्माछिरिङ शेर्पा नेतृत्वलाई एन्फाको निर्वाचनमा हराउन उनै गणेश थापाले पंकजलाई सघाएका थिए । एक समय गणेश थापाको नेतृत्वको नेपाली फुटबलबाटै फाल्नुपर्छ भन्दै कर्माछिरिङ र पंकज दुवै एकै ठाउँमा उभिएका सारथी हुन् ।

थापालाई भ्रष्टचारका कारण प्रतिवन्ध लागेपछि थापाको निकटस्थ व्यक्तिहरूलाई एन्फाबाट हटाउन सक्रिय कर्मा र पंकजबीचको सम्बन्ध पनि नेपाली फुटबलको सत्तामा पुगेपछि चिसिन पुग्यो । अहिले यी दुई एकअर्काको कट्टर विरोधी हुन् ।

कर्मालाई नै हराउन भ्रष्टचारको प्रतिवन्धमा रहेका थापाको सहारा लिएका पंकजका लागि पनि उनै थापा सबैभन्दा ठूलो समस्या भइरहेका छन् । १० वर्षको प्रतिवन्ध फुकुवा भएपछि थापा अहिले फेरि नेपाली फुटबलमा सक्रिय हुन थालेका छन् ।

सत्तामा पुग्न कहिले कोसँग मिल्ने र कहिले कोसँग मिल्ने यी गुटका कारण नेपाली फुटबलको विकास राम्रोसँग हुन सकिरहेको छैन । नेपालको फुटबल विकासमा मेरुदण्ड मानिने शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९ सालयता भएको छैन । तर त्यसमा नत वर्तमान नेतृत्व सक्रिय छ ।

नत एन्फाको सत्तामा पुग्न फेरि लालयित गुटहरू नै । कहिले गीता राणा र गणेश थापाको बीचको द्वन्द्व, कहिले इन्द्रमान तुलाधारले चलाएको विद्रोह र कहिले कर्माछिरिङ नेतृत्वले गरेको चेन्ज एन्फा नामका सत्ता विरोध गतिविधिका कारण नेपालको फुटबल विकासमा असर परिरहेको छ । सत्ताका लागि एकअर्काको विरोध गरिरहने यी गुटले गर्दा नेपाली फुटबलको नतिजामा पनि त्यसको असर परेका छन् ।

नियमित रूपमा लिग सञ्चालन नहुनु र अन्य गतिविधिमा पनि प्रभावित भइरहँदा नेपाली फुटबलरहरू विदेसिनु परेको अवस्था छ । तर फुटबल विकास र भ्रष्टचारीको विरोधका नामबाट समयाअनुकुल फरक कित्ताबाट चलिरहेका यी गुटहरूलाई त्यसको कुनै वास्ता नै छैन । बस् जसरी हुन्छ कुनैपनि नाराबाट पालैपालो एन्फाको सत्तामा पुग्ने लक्ष्य मात्र छ । यस्तै दृश्यमध्ये एक हो, भ्रष्टाचार नै प्रमाणित भएका गणेश थापा नेपाली फुटबलमा सक्रिय हुनु । बिहीवार एन्फाको अखिल नेपाल फुटबल संघ ९एन्फा० को साधारण सभा तय गरिएको थियो । त्यो साधारणसभामा थापा सहभागी हुन चाहेका थिए । तर एन्फाको वर्तमान नेतृत्वले उनलाई रोक्यो ।

थापा साधारण सभामा भाग लिने अदालतको कागजसहित शुक्रवार बिहानै धुलिखेल पुगेका थिए । तर उनीसँग साधारण सभाको लागि एन्फाले जारी गरेको पास थिएन । सोही पास नभएको भन्दै थापा र उनका छोरा गौरव थापालाई प्रवेश दिइएन । केहिबेर स्थिति तनावपूर्ण पनि बन्यो । निकै आक्रोशित बनेका थापाले अदालतको निर्णय मान्नुपर्ने मागसहित लामो समय विवाद गरेका थिए । उनी शहीद स्मारक ‘बी’ डिभिजन लिग क्लव आरसी ३२ को सदस्यको रूपमा साधारणसभामा सहभागी हुन पुगेका थिए ।

थापालाई साथै दिँदै एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रविन्द्र चन्द र रूपेश अधिकारी पनि उद्घाटन समारोहमा सहभागी भएनन् ।

एन्फाले आफूलाई रोक्नसक्ने भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख २१ मा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए । तर अदालतको आदेश भए पनि थापालाई किन त्यहाँ सहभागी हुन दिइएको भन्ने प्रश्नमा एन्फाका प्रवक्ताका सुरेश साहले साधारण सभामा सहभागी बन्न आवश्यक प्रक्रिया पूरा नभएकाले थापालाई रोकिएको भन्ने जबाफ दिए ।

थापा फेरि फुटबलमा सक्रिय हुन खोज्नु र वर्तमान नेतृत्वले उनलाई रोक्ने प्रयास गरिरहनु फुटबल विकासका लागि भएको गतिविधि भन्दा पनि एन्फाको सत्तामा पुग्नका लागि भइरहेको गतिविधि नै हुन् । जुन विवाद र द्वन्द्व पछिल्लो तीन दशकदेखि नेपाली फुटबल जरो गाडेर बसेको छ । २०५१ सालमा एमालेको ९ महिने सरकारको पालामा राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव केशव स्थापितले रुक्मशमशेर राणालाई हटाएर पूर्वखेलाडी थापालाई एन्फाको अध्यक्ष बनाएका थिए । त्यसयता हरेक समयमा फरकफरक व्यक्तिका नामबाट चलेका गुटहरू र स्वार्थ समूहले नेपाली फुटबललाई विवादमा ल्याइरहेका छन् । जुन श्रृंखला तीन दशक पार गरिसक्दा पनि रोकिएको छैन । यसले गर्दा खेलाडी, प्रशिक्षक, फुटबल समर्थक मात्र होइन समग्र नेपालको खेल क्षेत्र नै चिन्तित बनिरहेको छ ।