३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस समिति गठनको माग गर्दै द्वन्द्वपीडितको धर्ना



अ+ अ-

काठमाडौं । द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि गठन गरिएको सिफारिस समिति खारेज गरी नयाँ समिति गठनको माग गर्दै आज काठमाडौं धर्ना दिएका छन् । अहिलेको सिफारिस समितिले एकलौटी रुपमा काम गरेको र भागबन्डाका आधारमा सिफारिस गर्न लागेको भन्दै द्वन्द्वपीडितले खारेजीको माग गरेका हुन् ।

आज बिहान काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका द्वन्द्वपीडितले पीीडत समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गरेका छन् ।

द्वन्द्वपीडितको दबाबका कारण टिआरसी पदाधिकारी सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठेको छ । सत्तारुढ दलहरूले अघि बढाएको भागबण्डाको प्रक्रिया र त्यसैलाई अनुमोदन गर्ने सिफारिस समितिको योजनाका कारण समस्या निम्तिएको हो ।

पीडित र मानव अधिकारकर्मीहरू एक ठाउँमा उभिएर अहिले अघि बढिरहेको प्रक्रिया रोक्न र सुरुदेखि काम अघि बढाउन माग गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्ट लिस्टमा छानिएकाहरूको धमाधम अन्तर्वार्ता गरिरहेको छ । आफ्नो माग सम्बोधन नगरेर समितिले जबर्जस्ती गरे सत्य निरुपण तथा मिलमिलाप आयोग अनि बेपत्ता छानबिन आयोगलाई नै बहिष्कार गरेर समानान्तर रूपमा नागरिक स्तरको आयोग गठन गर्ने चेतावनी पीडितहरूको छ ।

दलीय भागबण्डाका आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कांग्रेसको तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, बेपत्ता छानबिन आयोगमा एमालेको तर्फबाट पूर्वमुख्यसचिव लिलादेव गड्तौलालाई पठाउने गरी सत्तारुढ दलहरूले खाका बनाएका छन् ।

माओवादीले बेपत्ता छानबिन आयोगमा पूर्वन्यायाधीश अच्युत भण्डारीको नाम सिफारिस गर्न चाहेको छ । संक्रमणकालीन न्यायमा कुनै अनुभव भएका व्यक्तिभन्दा पनि दलीय भागबण्डाको आधारमा नाम चयन गर्न खोजेपछि पीडितहरूले प्रक्रियामाथि नै प्रश्न उठाएर विरोध गरेका हुन् ।