४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएम कप भलिबल अर्को महिनामा हुने



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल भलिबल सङ्घको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ ।

प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । नियमित रूपमा प्रतियोगिता हुँदै आएको काठमाडौँको दशरथ रङ्गशालास्थित कभर्डहलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो ।

लिगमा महिलातर्फ छ र पुरूषतर्फ आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् ।

दुवैतर्फका विजेता टोलीले रु आठ लाख, उपविजेताले रु चार लाख र तेस्रो हुने टोलीले रु दुई लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार पाउँदा विधागत उत्कृष्टमा रु २५–२५ हजार राखिएको छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा हरेक टिमले तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ । रासस




भर्खरै