२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक प्रवक्ता पौडेलकाे कार्यभार शुरू



अ+ अ-

काठमाडाैंः नेपाली सेनाका सहायक रथी बिज्ञानदेव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई शुक्रबार हस्तान्तरण गर्नु भएको छ ।

२०७५ चैत्र २९ गतेबाट सैनिक प्रवक्ताको कार्यभार सम्हाल्नु भएका सहायक रथी बिज्ञान देव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता तथा सूचना अधिकारीको आफ्नो कार्यकालमा सहयोगी भूमिका निभाउनु हुने समस्त आम सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकार तथा संवाददाताहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ ।

साथै वहाँले राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले नेपाली सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न सहयोग प्राप्त भएकोमा सम्पूर्ण प्रेस जगतलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।