३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा संवाद तोकिएकै समयमा हुन्छ: सरकार



अ+ अ-

काठमाडौँ । सरकारले सगरमाथा संवाद तोकिएको समयमै हुने बताएको छ ।

छिमेकी मुलुक भारत र पाकिस्तानबीचको युद्धका कारण सगरमाथा संवाद प्रभावित हुनसक्ने आँकलन भइरहेको समयमा वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवादको सचिवस्तरीय कमिटीका सदस्य–सचिव महेश्वर ढकालले तोकिएकै समयमा कार्यक्रम सम्पन्न हुने दाबी गर्नुभएको हो ।

उहाँले सगरमाथा संवादलाई भारत र पाकिस्तानको युद्धले कुनै प्रभाव नपार्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सदस्यसचिव ढकालले सगरमाथा संवादका लागि सहभागीता सुनिश्चित गरेका कुनैपनि विदेशी प्रतिनिधिहरुले सुरक्षाबारे अहिलेसम्म चासो नदेखाएको पनि उहाँले स्पष्ट पार्नुभयो । साथै प्रतिनिधिहरुले आफ्नो भ्रमण स्थगित गर्ने कार्यक्रमबारे पनि जानकारी नगराएको बताउनु भयो ।

संवाद सचिवालयको बैठक बसेको स्वीकार गरेपनि उहाँले छिमेकमा उत्पन्न विशेष परिस्थितिका कारण कार्यक्रम आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे कुनैपनि छलफल नभएको स्पष्ट पार्नुभयो । बैठकमा अहिलेसम्मको कार्यप्रगति समिक्षा गरिएको उहाँको भनाइ छ ।

विश्वव्यापी कोभिड–१९ महामारीका कारण रोकिएको सगरमाथा संवाद यही जेठ २ देखि ४ गते गर्न लागिएको हो । जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल हुने बताइएको छ ।