१ आश्विन २०८३, बिहीबार
,
Latest
असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौबीस घण्टामा ५७ थपिए, तीन साताकै कम सङ्क्रमण,



अ+ अ-

काठमाडौं । शनिबार नेपालमा थप ५७ जना नयाँ कोरोना संक्रमित थपिँदा १ सय ३ जना डिस्चार्ज भएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार भएको ३ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणमा ५७ जनामा पोजेटिभ देखिएको हो । 

अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा  ४ सय ८ जना उपचाररत रहेका छन् । 

यस्तै प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना संक्रमित उपचाररत रहेका छन् । 

नेपाल कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्दा निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । 

अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ । देशभरी २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् ।