२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद सहमति उन्मुख : मंसिरमा महाधिवेशन हुने, ओली नउठ्ने



अ+ अ-

काठमाडौ । नेकपा सचिवालयमा मंसीरमा एकताको महाधिबेशन गर्ने बारेमा छलफल र लगभग सहमति भएको छ । नेकपा स्रोतले यसै विषयमा सहमति भएको बतायो । त्यसपछि अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न दुई जना अध्यक्ष शीतल निबासमा पुगेका छन् ।  

शक्ति संर्घषका कारण गम्भिर अन्तरकलहमा फसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक महाधिबेशन केन्द्रित हुन थालेको छ । आजको सचिवालय बैठकमा दुई दुई अध्यक्ष केपी शार्म ओली र पुष्पकममल दहाल ले सयुक्त रुपमा नै आमागी मंसिरमा एकताको महाधिेबशन गर्ने प्रस्ताव गरेपछि बैठक महाधिबेशनको कार्यबिधी लगायत बिषयमा केद्रित भएका हो । 

हाल देखिएका कतिपय समस्याहरु महाधिेबशन बाट टुङ्गो लाग्ने अबस्था रहेका कारण शीर्ष तह बिवादलाई थाती राख्दै महाधिबेशनमा केन्द्रित भएको श्रोतले जनाएको छ । महाधिेबशनको तयारीसँगै मन्त्रिमण्डल पूर्नगठन ,केही प्रदेशका मुख्यमन्त्री परिबर्तन तथा प्रधानमन्त्रीको सचिवालय मा हेरफेर तथा पार्टी र सरकार बीच देखिएको असहज परिस्थितीलाई सहजीकरण  गरी अघि बढ्ने बारेमा पनि छलफल भएको जनाईएको छ । 

साथै यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफु आगामी महाधिबेशनका उम्मेदबार नहुने सन्देश समेत शिर्षनेताहरुलाई दिईसक्नु भएको छ ।  महाधिबेशनबाट नेतृत्व परिबर्तन हुदा बिधिसम्मत हुने र बाह्य शक्तिको दबावका कारण राजनीतिक नेतृत्व परिबर्तन भएको भन्ने गलत सन्देश पनि नजाने हुदा बिकल्पका रुपयमा महाधिबेशनको बिषय छलफल  आएको हो । 

साढे चार घण्टा चलेको बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओली  र अर्का अध्यक्ष पुष्पकमल दहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानु भएको छ । अर्को सूचना जारी नहुदासम्म स्थायी समितिको बैठक आईतबार तीन बजेका लागि आब्हान गरिएको छ ।