
काठमाडौं । काठमाडौमा राजावादीहरुले मोटरसाइकल र्याली गरेका छन् ।
राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौंको सुकेधाराबाट सुरु भएको र्याली बल्खुसम्म पुगेको थियो ।
र्यालीमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायतका सहभागि थिए ।
यसअघि बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको थियो ।