२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा केही दिन निरन्तर…



अ+ अ-

काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । साउन ४ देखि ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार दिन मनसुन तीव्र रूपमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण वर्षापछि हुने सम्भावित प्राकृतिक विपत्तिविरुद्ध तयारी थाल्न जल तथा मौसम विज्ञान विभागले सरोकारवालालाई अनुरोध गरेको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठका अनुसार आगामी चार दिन देशका धेरैजसो स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।

वर्षाका कारण विभिन्न भेगमा बाढी तथा पहिरोको उच्च जोखिम रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । साउन ५ देखि ८ गतेसम्म प्रदेश–१, २, बाग्मती र गण्डकी प्रदेशका कन्काई तमोर, सुनकोसी, सप्तकोसी, कमला, वाग्मती, लालबकैया, बूढीगण्डकी, सेतीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी तथा यी नदीका सहायक नदीको जल सतह बढेर केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको जलविज्ञ सुनील पोखरेलले बताए। प्रदेश ५ र सुदूरपश्चिम प्रदेशतर्फ मध्य पहाडी, चुरे र तराईबाट बहने एक÷दुई नदीनालामा आकस्मिक बहाव हुने सम्भावना छ ।