२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको साधारणसभामा भाग लिन गएका थापालाई प्रवेश नदिएपछि गेटमै धर्ना



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुबटल संघ (एन्फा) को साधारणसभामा भाग लिन भनेर गएका पूर्वअध्यक्ष गणेश थापालाई गेटमै रोकेपछि धर्ना बसेका छन् ।

अदालतको आदेश विपरित साधारणसभा स्थलबाहिर रोकेको भन्दै उनले प्लेकार्ड बोकेर समर्थकहरुसहित धर्ना दिएका हुन् ।

यसअघि अदालतले थापालाई साधारणसभामा नरोक्न अन्तरिम आदेश दिएको थियो । सो आदेशको प्रतिलिपिसमेत बोकेर जाँदा पनि थापालाई गेटमै रोकेपछि उनी आक्रोशित भएका थिए । उनका छोरा गौरव थापालाई पनि प्रवेश दिईएको छैन ।

सोहिक्रममा थापाले साधारणसभामा भाग लिन पाउनुपर्ने माग गर्दै खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाएका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर गर्दै १६ अप्रिल २०१५ देखि दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवाना तिराएको थियो ।

उनी माथिको प्रतिबन्ध १५ अप्रिल २०२५ मा फुकुवा भएको थियो । प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक लगाउन सक्ने भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए ।