२४ भाद्र २०८३, बुधबार
,
Latest
परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह



अ+ अ-

काठमाडौं । भारत र पाकिस्तानले एक–आपसमा आक्रमण तीव्र पारेपछि अमेरिकाले शान्त रहद दुवै पक्षलाई आग्रह गरेको छ । अमेरिकाले युद्ध रोक्न आग्रह ग रेको हो । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न उसले भनेको हो ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ भन्ने अमेरिकाको भनाइ रहेको बताइन् । ‘मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन,’ उनले भनिन् । उनले थपिन्, ‘युद्ध, सेना र हिंसा कुनै समाधान होइन । पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान हुन् ।’

सञ्चारकर्मीहरुको प्रश्नमा उनले भारत–पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको पुष्टि नगरेको र अस्वीकार पनि नगरेको बताएकी छन् ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले यसबाहेक अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिइन् ।