२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु



अ+ अ-

झापा । झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा मे१०प ९८२६ नंको मोटरसाइकल राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय धर्मेन्द्र सुवेदी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गएिको छ । मृतक लम्साल झापा गाउँपालिका–६ का बासिन्दा हुन् । उनी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख र घाइते सुवेदी शिवगञ्ज शाखाका प्रमुख थिए ।