२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के



अ+ अ-

कर्णाली । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कलाई हेर्दा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो ।
 
शनिबारसम्म १७ सङ्क्रमित निको भएसँगै कर्णालीमा कोरोना भाइरस जितेर घर फर्कनेको सङ्ख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । “कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ७३७ पुगेको छ”, महाशाखा प्रमुख डा तिवारीले भने, “जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।”

उहाँले सङ्क्रमितहरुमा निको हुनेको सङ्ख्या २१३ मात्र बाँकी रहेको बताए । तीमध्ये प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक÷एक छन् भने हुम्ला सङ्क्रमितविहीन रहेको प्रमुख डा तिवारीले जनाए । सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिहरुको अवस्था सामान्य रहेको उनको भनाइ थियो ।