२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा निर्माण भइरहेका भौतिक पूर्वाधारहरुको मन्त्री नेम्बाङद्वारा अनुगमन



अ+ अ-

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारहरुको स्थलगत अनुगमन गर्नु भएको छ । शुक्रबार कीर्तिपुर नगरपालिका भित्र निर्माण भइरहेका सडक, पुलको निरिक्षण गर्नुका साथै त्यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरुको समेत अवलोकन गर्नु भएको हो  । 

अनुगमनको क्रममा कीर्तिपुर नगरपालिकाले गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले नगरपालिका र संघीय सरकार एकअर्का बीच समन्वयले जनताको सेवासंगै भौतिक पूर्वाधार विकासलाई अगाडी बढाउने आधारहरु निर्माण हुने बताउनु भयो । 

उहाँले भन्नु भयो ″मैले प्रत्येक हप्ता विदा पर्यो भने विदाको दिन अथवा शुक्रबार, शनिबार मन्त्रालय अन्तर्गत भइरहेका विकास निर्माणका कामहरु अनुगन निरिक्षण गर्ने गर्दछु । पहिलो पटक नगरपालिका आफैले अगाडी बढाईरहेका विकास निर्माण गतिविधि र संघीय मन्त्रालयको तर्फबाट भइरहेका कामको पनि अवलोकन गर्ने मनसायले यहाँ आएको हो ।ʺ

मन्त्री नेम्बाङले काठमाण्डौका भित्री बाटोहरुलाई समेत कसरी व्यवस्थित गर्ने भन्ने बारे छलफल भइरहेको बताउँनु भयो । उहाँले भन्नुभयो ″नगर, महानगरका भित्रिबाटाहरु व्यवस्थित गर्ने, बाटो नभएको ठाउँमा विस्तार गर्ने र कसरी स्ट्रिट लाईफलाई स्मार्ट लाईफको रुपमा परिणत गरेर जाने भनेर स्थानीय निकायहरुसंग छलफल गरिरहेका छौ ।ʺ

स्थानीय जनता र जनप्रतिनीधिहरुसंग विकास निर्माणका सम्बन्धमा छलफल अन्तरक्रिया गर्नु पनि आफ्नो नियमित अनुमगनको उदेश्य रहेको समेत उल्लेख गर्नु भयो । 

नयाँबजार गेट, पाँगा दोबाटो, नागा उँधोबाटो, भत्केपाटी, पुष्पलाल पार्क र कीर्तिपुर तीनथाना जोड्ने निर्माणाधिन पुलको स्थलगत अवलोकन गरिएको थियो ।

मन्त्री नेम्बाङले पुष्पलाल पार्कमा पुगेर नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलालको प्रतिमामा माल्यार्पण समेत गर्नु भयो ।

शुक्रबार भएको अनुगमनमा प्रतिनीधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई, विना श्रेष्ठ, नगर प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का, पूर्वराज्यमन्त्री दिलिप महर्जन, आयोजना प्रमूख साथै स्थानीय सरोकारवालाहरु सहभागी रहनुभएको थियो ।