२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानबीच बढ्दो तनावबारे परराष्ट्र मन्त्रालयद्वारा चिन्ता व्यक्त, यस्तो छ बिज्ञप्ति



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दे नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ -भारतको पहलगाममा २२ अप्रिल २०२५ मा भएका निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमण, जसमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए, त्यसपछिको भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर चिन्तित छ। त्यस दु:खद घडीमा नेपाल र भारत साझा दु:ख र पीडामा एकताबद्ध भएर उभिएका थिए ।

बिज्ञप्तिमा भनिएको छ- यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भर्त्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसंग मेल खान्छ। नेपाल आतंकविरुद्धको लडाइँमा सबैसंगै उभिएको छ। आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन ।

बिज्ञप्तिमा भनिएको छ- नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुन: पुष्टि गर्दछ।