२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेका वैवाहिक बलात्कार आरोपित पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले वैवाहिक बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पूर्जी जारी भएलगत्तै फरार रहेका काभ्रेको चौरी देउराली गाउँपालिका–७ घर भएका अभियुक्तलाई काठमाडौं हाँडीगाउँस्थित आफन्तको घरबाट पक्राउ गरिएको हो ।

आरोपिलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले वैशाख २३ गते पक्राउ गरेर  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाइएको हो ।

पक्राउपछि अभियुक्तलाई कानुनी दायराभित्र ल्याई आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका डिएसपी मिन बहादुर घलेले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तविरुद्द २०८१ साल वैशाख ३० गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गराएका थिए । त्यसपछि आवश्यक अनुसन्धान गरी काभ्रेपलान्चोक जिल्ला अदालतले २०८१ जेठ १८ गते पक्राउ पूर्जी जारी गरिएको थियो।