१५ असार २०८३, सोमबार
,
Latest
दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भुमिका अविस्मरणीयः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजि श्रदाञ्जली सभामा बोल्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गी डंगोलले निर्वाह गरेको नेतृत्वदायी भुमिका अविस्मरणीय रहेको बताउनु भयो । सभापति देउवाले स्वर्गी नेता डंगोलको बारेमा पुस्तक प्रकाशन गरेर आउँदो पुस्तालाई समेत उहाँको योगदानबारे जानकारी दिनुपर्ने बताउनु भयो ।

पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको श्रदाञ्जली सभामा सभापति देउवासँगै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेता कृष्ण प्रसाद सिटौला लगायत उपस्थित हुनुहुन्थ्यो । नेता डंगोलको ७७ वर्षको उमेरमा गत वैशाख १३ गते निधन भएको थियो ।