२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा १० औं नेपाल इन्टरनेशनल टे«ड फेयरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गर्नुभयो । उहाँले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताउनु भयो । नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको बतउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘सरकारले केही समयपछि बजेट पनि ल्याउँदैछ । हामी बजेटको सम्मुखमा पनि छौँ । आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बजेट हुनेछ । लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको हुनेछ । यो कुरामा पनि अहिले हिजो अभ्यासमा हामी जहाँ जहाँ चुक्यौँ । अर्थिक अनुशासन,जहाँ जहाँ उल्लंघन भए । प्रणालीभित्र जेजे खालका समस्या थिए । यो कुरालाई पनि चिन्हित गरेर सरकारले ठोस खालको बजेट ल्याउनेछ । अहिले संसदमा एउटा महत्वपूर्ण विधेयक वैकल्पिक लगानीका लागि सरकारको तर्फबाट संसदमा प्रश्ताव भएको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी अघि बढेको छ । नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई पनि अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेका छौँ । सरकारको नीति कार्यक्रममा त्यो कुरालाई छोएको छ । उठाएको छ । अब हामी ठूला औद्योगिक पार्कहरु निर्माण गर्दाखेरी, विशेष आर्थिक क्षेत्र जहाँ निर्यातको लागि पूर्वाधार निर्माण गर्नुपर्ने हो, पिपिपि मोडालिटीबाट अघि बढाइरहेका छौँ ।’

मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने बताउनु भयो । उहाँले रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अघि बढ्ने बताउनु भयो ।