२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा १० औं नेपाल इन्टरनेशनल टे«ड फेयरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गर्नुभयो । उहाँले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताउनु भयो । नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको बतउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘सरकारले केही समयपछि बजेट पनि ल्याउँदैछ । हामी बजेटको सम्मुखमा पनि छौँ । आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बजेट हुनेछ । लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको हुनेछ । यो कुरामा पनि अहिले हिजो अभ्यासमा हामी जहाँ जहाँ चुक्यौँ । अर्थिक अनुशासन,जहाँ जहाँ उल्लंघन भए । प्रणालीभित्र जेजे खालका समस्या थिए । यो कुरालाई पनि चिन्हित गरेर सरकारले ठोस खालको बजेट ल्याउनेछ । अहिले संसदमा एउटा महत्वपूर्ण विधेयक वैकल्पिक लगानीका लागि सरकारको तर्फबाट संसदमा प्रश्ताव भएको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी अघि बढेको छ । नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई पनि अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेका छौँ । सरकारको नीति कार्यक्रममा त्यो कुरालाई छोएको छ । उठाएको छ । अब हामी ठूला औद्योगिक पार्कहरु निर्माण गर्दाखेरी, विशेष आर्थिक क्षेत्र जहाँ निर्यातको लागि पूर्वाधार निर्माण गर्नुपर्ने हो, पिपिपि मोडालिटीबाट अघि बढाइरहेका छौँ ।’

मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने बताउनु भयो । उहाँले रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अघि बढ्ने बताउनु भयो ।