५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : डिफेन्डिङ च्याम्पियन कोलकाता पहिलो चरणबाटै बाहिरिने खतरा



तस्बिर : बिसीसीआई
अ+ अ-

काठमाडौं । डिफेन्डिङ च्याम्पियन कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । गएराति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै कोलकाता संकटमा परेको हो ।

आईपीएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना कोलकाताका लागि गणितीय रूपमा बाँकी रहे पनि व्यवहारिक रूपमा लगभग अन्त्य भएको छ । गएराति इडेन गार्डेनमा भएको खेलमा यसअघि नै पहिलो चरणबाट बाहिरिएको चेन्नईले कोलकातालाई दुई विकेटले हराएको हो । कोलकाताले दिएको १८० रनको लक्ष्य पछ्याएको चेन्नईले दुई बल बाँकी रहँदा ८ विकेटको क्षतिमा १८३ रन जोडेको हो ।

६० रनमा ५ विकेट गुमाएको चेन्नईलाई खेलमा फर्काउने क्रममा डेवाल्ड ब्रेसभसले २५ बलमा ५१ रन प्रहार गरे । यसैगरी, उर्भिल पटेलले ११ बलमा ३१ रन प्रहार गरे । शिवं दुवेले ४० बलमा ४५ रन जोडे ।

कोलकाताका वैभव आरोहाले तीन विकेट लिए पनि तीन ओभरमा ४८ रन खर्चे । वरुण चक्रवर्तीले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । हर्षित रानाले दुई विकेट लिने क्रममा चार ओभरमा ४३ रन खर्चिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । कोलकाताका लागि कप्तान अजान्के रहानेले ४८, आन्द्रे रसेलले २१ बलमा ३८, मनिस पाण्डेले अविजित रहँदै २८ बलमा २६ तथा सुनिल नारायणले २६ रन जोडे । २०० रन भन्दा माथिको आँकडामा अघि बढेको कलकतालाई रोक्ने क्रममा नुर अहमदले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए ।

कोलकाता १२ खेलमा ११ अंकसहित छैटौँ स्थानमा छ । चेन्नाई भने ६ अङ्कसहित पुछारमा छ ।