२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको नयाँ ढाँचा कस्ताे बन्ला ? सरकार गृहकार्यमा जुट्याे



अ+ अ-

काठमाडौँ — नेपाल सरकारले लकडाउनको नयाँ ढाँचाबारे सोमबार निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी भएकाे छ ।

साउन ७ गतेपछिको ढाँचा मन्त्रिपरिषद्‌मा छलफल गर्ने गरी विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि गृहकार्य भइरहेको सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार सीसीएमसीको निर्देशक समितिको आइतबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणको अवस्था विश्लेषण गरेको छ ।

चैत ११ सुरु भएको लकडाउन पटक–पटक थपिँदै साउन ७ गतेसम्म तोकिएको छ । जेठ अन्तिम सातादेखि धेरै क्षेत्रमा लकडाउन खुकुलो बनाइसकिएको छ । सरकारले हरेक २१ दिनमा कोरोना भाइरसको संक्रमणलाई हेरेर लकडाउन कडाइ वा खुकुलो गर्ने निर्णय लिने बताइएको छ ।

निजी सवारीसाधनलाई जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन गर्नेदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने र पसलहरू खोल्नेसम्मका निर्णय सरकारले गरिसकेको छ ।

सार्वजनिक यातायात पनि सञ्चालन गर्न मिल्ने निर्णय गरेपछि सहरमा ट्याक्सीले पनि सेवा दिन थालेका छन् । गत सोमबारबाट सार्वजनिक बस पनि गुड्न थालेका छन् । (कान्तिपुर दैनिकबाट)