३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हो: प्रधानमन्त्री



अ+ अ-

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताउनुभएको छ ।

लोकान्तर डटकम’को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिनुभएको हो । मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरुमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही फेसबुक र युट्युब र आँखामा कालो पत्ती बाँधेर हेर्ने दृष्टिकोण भएकाहरुका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।

विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरुलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गर्नुभयो ।
“यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरु काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् ।

यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्वहरु छटपटाएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरु यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन् ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो, “अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरुले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन् । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन् ।

यस्तो खालको असहिष्णुता र संकीर्णता बोक्नेहरुले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसैगरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन ।”