७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई रास्वपा सांसद कंसाकारको आग्रह



अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लामो समय अगाडी दर्ता गरिएको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा नल्याइएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने बताइरहँदा उक्त विधेयक छलफलमा नआएको गुनासो समेत गर्नुभयो । उहाँले विधेयकलाई तत्काल सदनमा ल्याएर छलफल अगाडी बढाउन र भविष्यमा जलन पीडितको उपचार अन्योलमा नर्पान समेत सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “२०८२ ०८३ को नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने बताइरहँदा हामीले लामो समय अगाडी दर्ता गरेको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा ल्याइएको छैन । म यो सदनमार्फत स्वास्थ्य मन्त्री ज्यू र सरकारलाई आग्रह गर्दछु, भुक्तानी आश्वासन अनुसार तुरुन्त गरियोस्, विधेयक छलफलमा ल्याइयोस् । भविष्यमा जलन पीडितको उपचार अन्योल नहोस् ।”

मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी गैरसरकारी विधेयक गत वर्षको भदौमा प्रतिनिधि सभामा दर्ता भएको थियो ।