६ जेष्ठ २०८२, मंगलवार
,
Latest
संसदमा सांसदको अभाव, बैठक स्थगित एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाई जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकताः उपमहासचिव पुन नेप्से परिसूचक ४९ अङ्कले बढ्यो कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो: परराष्ट्र सचिव राई तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई रास्वपा सांसद कंसाकारको आग्रह



अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लामो समय अगाडी दर्ता गरिएको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा नल्याइएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने बताइरहँदा उक्त विधेयक छलफलमा नआएको गुनासो समेत गर्नुभयो । उहाँले विधेयकलाई तत्काल सदनमा ल्याएर छलफल अगाडी बढाउन र भविष्यमा जलन पीडितको उपचार अन्योलमा नर्पान समेत सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “२०८२ ०८३ को नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने बताइरहँदा हामीले लामो समय अगाडी दर्ता गरेको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा ल्याइएको छैन । म यो सदनमार्फत स्वास्थ्य मन्त्री ज्यू र सरकारलाई आग्रह गर्दछु, भुक्तानी आश्वासन अनुसार तुरुन्त गरियोस्, विधेयक छलफलमा ल्याइयोस् । भविष्यमा जलन पीडितको उपचार अन्योल नहोस् ।”

मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी गैरसरकारी विधेयक गत वर्षको भदौमा प्रतिनिधि सभामा दर्ता भएको थियो ।