६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलविद्युत आयोजनाको आईपीओ स्वीकृत गर्न सेबोनले बार्गेनिङ गरिरहको माओवादी केन्द्रको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाउनुभएको छ ।

बुधवारको संसद बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले बोर्डले साना आयोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरिरहेको उहाँको आरोप छ । उहाँले बोर्डले कमिसन मागिरहेकै कारण १००९.५२ मेगावाट क्षमताका ४३ जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको आईपीओ अनुमति २२ महिनादेखि रोकिएको उल्लेख गर्नुभयो । उहाँले सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादनको लक्ष्य र बोर्डले गरिरहेको रबैयाबीच विरोधाभास रहेको उल्लेख गर्दै तत्काल छानबिनको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धितोपप बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ ग¥यो । यो निकै गम्भिर र दुःखदायी कुरा हो । म यसका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य छ, अर्कोतिर सरकारकै निकायहरुको यो प्रकारको रबैया छ ।’

बोर्डले कमिसन मागिरेको विषयमा छानविन गर्न सरकारलाई रुलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयो ।