३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी सेनाको जवाफी आक्रमण, तीन भारतीयको मृत्यु



अ+ अ-

काठमाडौं । भारतले पाकिस्तानका विभिन्न ९ वटा स्थानमा हवार्य आक्रमण गरेपछि पाकिस्तानी सेनाले पनि जवाफी कारबाही गरेको छ । पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिँदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।

त्यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन् ।

चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कयौं स्थानलाई निशाना बनाइएको थियो ।

यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् ।

यसअघि भारतले पाकिस्तानमा आक्रमण गरेको थयो । कस्मिरको पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको हो । आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो ।

पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो ।

बुधबार बिहान करिब पौने २ बजेतिर पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको हो ।

पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ ।