२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले प्रदीप नेपालको निधनमा शोक व्यक्त गरे



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता र पूर्वमन्त्री प्रदीप नेपालको निधनमा दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले “प्रदीप नेपालको योगदान र सहकार्यका दिनहरू सम्झेको बताउँदै, उहाँको नेकपा (एमाले) को निर्माणमा महत्त्वपूर्ण भूमिका र नेपाली कम्युनिष्ट आन्दोलनमा योगदानको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री ओलीले नेकपा (एमाले)को निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ। उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् ।

दिवंगत प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। प्रदीप नेपाल र उहाँको योगदानलाई हामी सधैं सम्झिरहने छौं।