काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित बाराबंकीमा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले गोली चलाउँदा नेपाली युवक तिलक थापा उर्फ टीलु पहाडी घाइते भएका छन्।
सोमबार राति स्वाट र देवाका प्रहरी टोलीले नेपालमा चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहमाथि छापा मार्दा थापाको खुट्टामा गोली लागेको हो।
घटनामा थापासहित दुई भारतीय नागरिक मो. साजिद अन्सारी र मो. खुर्शीदलाई पक्राउ गरिएको छ। थापाको उपचार अस्पतालमा भइरहेको जानकारी प्राप्त भएको छ।











