५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदका प्रश्नहरुप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ, नाउपा र जनमतद्वारा बैठक अवरोध



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए ।

बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर बिरोध जनाएका थिए । बिरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गर्नुभयो ।

तर, संसदमा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरुल उठेर बिरोध जनाइरहेका छन् ।