५ श्रावण २०८३, मंगलवार
,
Latest
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाबाट ठूलो परिमाणमा ब्राउनसुगर बरामद



अ+ अ-

बनियानी । झापाको कनकाई नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ ।

कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतीबाट सुरुङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी २०० ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

आज बिहान अन्दाजी ८ः४० बजे प्रहरी टोलीले रोक्न खोज्दा मोटरसाइकल चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए । प्रहरी टोलीलाई देख्नासाथ फरार भएका मोटरसाइकल चालकलाई रोक्नका लागि दुई राउण्ड हवाई फायर गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।